सुनकोशी गाउँपालिकामा ११ बेडका क्वारेन्टाइनको मापदण्ड पुगेन

सुशील सुवेदी,
सिन्धुपाल्चोक – अनुगमनका क्रममा सुनकोशी गाउँपालिकाका ११ बेडको क्वारेन्टाइनको मापदण्ड नपुगेको पाइएको छ । मापदण्ड नपुगेको क्वारेन्टाइन हाललाई बन्द गरिने भएको छ ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलिलले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै हटाउने निर्णय गरेको हो ।

क्वारेन्टाइनको नाममा स्थानिय तहले कोठामा बेड तयार गरेको मात्रै पाइएको र यसको लागि अन्य आबश्यक स्वास्थ्य सामाग्रि लगायतको व्यवस्थापन भइनसकेकोले उक्त क्वारेन्टाइनमा सम्पुर्ण आबश्यक सामाग्रिको उपलब्धता नभए सम्मको लागि गणना नगरिएको प्रमुख तामाङले बताए । उनका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाईनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।

अनुगमनको क्रममा बेड मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामाग्रिको समेत उपलब्धता नभएको पाइएकोले वडा नं. ४ मा रहेको ४ वेड र वडा नं. ७ मा रहेको ७ वेडको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए ।

गाँउपालिकाले सबे वडाहरुमा क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला अधिकारी बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँ, जिल्ला समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलिले .सोमबार लिसंखुपाखर गाँउपालिका र सुनकोशी गाँउपालिकाले तयार गरेको क्वारेन्टाईनहरुको अनुगमन गरेका जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिइन् । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशिमा रहेको १० वटा बेडको क्वारेन्टाइन बन्द गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्