सिन्धुपाल्चोकमा एक जनाको रहस्यमय मृत्यु, धामीले दिएको जडिबुटी खाँदा ज्यान गएको हुन सक्ने प्रहरीकाे अनुमान

सुशील सुवेदी
सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ थाङ्पालकोटमा एक जनाको रहस्यमय मृत्यु भएको छ ।

थाङ्पालकोटकी–३५ बर्षिय मिना तामाङको गएराति मृत्यु भएको हो भने मिनाका श्रीमान अविर तामाङ अचेत अवस्थामा रहेको र मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि ओम अस्पताल काठमाडौं पठाइएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए । धामीले दिएको जडिबुटी खाँदा मिनाको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । झारफुक गर्ने क्रममा झारफुक गर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधी खाँदा बिरामी परेको स्थानीयको भनाइ छ । सँगै जडिबुटि खाएकी भनेकी १३ बर्षिय छोरी रिया तामाङ भने सामान्य अवस्थामा रहेको प्रहरी निरिक्षक तामाङले बताए । मृतकको पोष्टमाटम भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्