उत्तर कोरियाली नेता किम सार्वजनिक भएको १ दिनपछि सीमा क्षेत्रमा फायरिङ

काठमाडौँ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिन गायब भएर शुक्रबार मात्रै सार्वजनिक कार्यक्रम देखिएको १ दिनपछि नै सीमा क्षेत्रमा उनका सैनिकले फायरिङ सुरु गरेका हुन् ।

उत्तर र दक्षिण कोरियाको सीमाक्षेत्रमा आइतबार बिहान फायरिङ भएको छ । दक्षिण कोरियाली न्युज एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले फायरिङ सुरु गरेको थियो ।

जवाफमा दक्षिण कोरियाले पनि फायरिङ गर्यो । तीन वर्षपछि उत्तरले सीमा क्षेत्रमा पहिलोपटक फायरिङ गरेको हो ।

मिडिया रिपोर्टअनुसार फायरिङमा दुबैतर्फ कुनै क्षति भएन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाएको थियो । यो शहर सीमा क्षेत्रबाट नजिकै पर्छ ।

घटनापछि दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाले विज्ञप्ती जारी गर्दै वार्ताको प्रयास भइरहेको जनाएको छ । ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत वार्ता गर्दैछौं । यसले तनाव कम गर्न सहयोग गर्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिन तयार छ,’ विज्ञप्तीमा भनिएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम सार्वजनिक भएकोमा खुसी प्रकट गरेका छन् । यसअघि उन गम्भिर बिरामी रहेको हल्ला फैलिएको थियो । सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्ला समेत फैलिएको थियो । ऐजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्