भारतमा एकैदिन २२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिए, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

नयाँ दिल्ली – भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । २४ घण्टाभित्र थपिएका नयाँ संक्रमितको संख्या एकैदिन थपिएकामध्ये सबैभन्दा बढी हो ।

यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् ।
भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्रमा संक्रमितहरूको संख्या ११ हजार ५०६ छन् । ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रपछि गुजरातमा भाइरसको संक्रमण दोस्रो सबैभन्दा बढी भएको राज्य हो । गुजरातमा चार हजार ७२१ संक्रमित रहेका छन् । ७३५ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ ।

महाराष्ट्र र गुजरातपछि भाइरसको संक्रमण नयाँ दिल्लीमा सबैभन्दा बढी छन् । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ ।
कोराना भाइरसको ९कोभिड–१९ ० को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्