कोरोनाको आयुर्वेद तथा वैकल्पिक उपचारका लागि बाटो खुल्यो

काठमाडौँ – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।
नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उपाय निर्दे्शिकामा उल्लेख छ । ‘‘घरैमा उपलब्ध जडीबुटीजन्य सामग्रीको कसरी प्रयोग गर्न सकिन्छ, क्वारेन्टाइनमा रहेका बेला र घरमा बस्दा आउने निराशापन र डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ तथा पूर्वीय संस्कृतिको मानक रहेको योग अभ्यास र व्यायामले शरीर कसरी तन्दुरुस्त राख्न सकिन्छ भन्ने कुरा पनि निर्दे्शिकामा छ,’’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने ।

निर्देशिकाले कोरोनासहित अन्य भाइरसजन्य सङ्क्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल हुनुपर्नेमा जोड दिएको छ । आयुर्वेद उपचार पद्धतिअन्तर्गत रहेको जडीबुटी तथा होमियोपेथिक उपचारले भाइरस नलाग्दा र लागिसकेको अवस्थामा प्रतिरोध क्षमता बढाउन सघाउने निर्दे्शिकाले जनाएको छ । त्यो क्षमता रहेमा सङ्क्रमण छिट्टै निको हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्थित आयुर्वेद चिकित्सा विभ(ागको नेतृत्वमा बनेको निर्दे्शिकाले नेपालको आफ्नो मौलिक उपचार पद्धतिलाई उजागर गरेको आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले बताए ।

उहाँका अनुसार कोरोना भाइरसको कुनै खोप र उपचार पद्धति नबनेको अवस्थामा रोग लाग्न नदिनु र शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु नै पहिलो दायित्व भएकाले यो निर्दे्शिका ल्याउनु परेको हो ।

कोरोनासहितका विभिन्न भाइरसको सङ्क्रमणमा रुघाखोकी, घाँटी दुख्ने, चिसो लाग्ने, ज्वरो आउने विभिन्न लक्षण हुन्छन् । यी लक्षणको उपचारका लागि भान्सामै रहेको बेसार, अदुवा, मरिच, मह तथा तुलसीलगायतका जडीबुटीको प्रयोग पहिल्यैदेखि भइरहेको छ । यसलाई निर्दे्शिकाले वैधानिकता दिएको छ ।

“निर्दे्शिकाको मुख्य उद्देश्य भनेको क्वारेन्टाइनमा बसेको अवस्थामा, लकडाउनमा रहेको अवस्थामा र आइसोलेसनमा बसेका बेला शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यको समस्या रोक्नका लागि घरमा पाइने जडीबुटीको नियमित सेवन गराउने हो”, उपाध्यायले स्पष्ट पारे ।

घरभित्रको जडीबुटीसँगै सुठो, मरिच, पिपलाका साथै घर वरिपरि पाइने गुर्जो, असुरो, टिमुरलगायतका जडीबुटी निर्दे्शिकामा तोकिएका छन् । अहिलेका लागि मात्र नभएर जीवनशैलीका रूपमा जडीबुटीजन्य र आयुर्वे्दिक औषधिको प्रयोग गरेमा धेरै रोग लाग्नबाट बचाउने उपाध्यायले बताए । गोरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्