मध्यपुरथिमि नगरपालिका–९ मा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना, ५६ जनाले रगत दिए

निरज बाडे
भक्तपुर –मध्यपुरथिमि नगरपालिका–९ खपलामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार वडा कार्यलय र बोदे युथ समाजले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले गरेको लकडानका कारण रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम संचालन गरिएको मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष राम काजी चक्रधरले जानकारी दिए ।

कार्यक्रममा ५६ जनाले रगत दिएको बोदे युथ समाजल अध्यक्ष कृष्ण सुन्दर चक्रधरले जानकारि दिए ।

 

विभिन्न विपद अवस्थामा सहयोग गर्दै आईरहेको स्थानिय संस्था बोदे युथ समाजका युवाहरुलाई वडा कार्यलयले धन्यवाद समेत व्यक्त गरेको छ ।

अहिले काठमाडौं लगायत उपत्यकाका ३ जिल्लामा रगतको अभाव सिर्जना भएको छ । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्