CORONA

ताप्लेजुङमा भएको आगलागिप्रति पर्यटनमन्त्री भट्टराईद्वारा दु:ख व्यक्त

Interview with Tourism Minister Yogesh Bhattarai. Photo: Naresh Shrestha/ THT

काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गरेका छन् । उनले आज यहाँ एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत गरेका छन् ।

मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराएका छन् । उनले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइप्रति सहानुभूति प्रकट गर्दै उक्त आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीय समुदायबाट भएको कार्यको प्रशंसासमेत गरेका छन् ।

फुङ्लिङको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट सातवटा निजी घर पूर्णरुपमा क्षति हुनाका साथै सोही स्थानमा रहेका अन्य थुप्रै व्यावसायिक पसल, सङ्घसंस्थाका कार्यालयमा ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । रासस

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्