मध्यपुर थिमि–७ मा किसानलाई खेतमा जान कहि रोक छैनः थापा

निरज बाडे

भक्तपुर – नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले किसानलाई खेतमा जान कहि कतै रोक नभएको बताएका छन् ।

शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ७ को आयोजनामा शुभश्री बैक्वेटमा भईरहेको सामुहिक मेस भोजन दान कार्यक्रमा यस्तो बताएका हुन् ।

सभापति थापाले किसान सम्सयालाई सम्बोधन गर्दै किसानलाई खेत पुग्न, कुनै पनि बाधा अड्चन नहुने बताए । लकडाउन खुलेपनि आगामी दिनमा खाद्यान्नको विक्राल समस्या आउने समभावना भएकाले उत्पादन व्यापक रूपमा गर्नुपर्ने सभापति थापाको भनाई छ ।

उनले भने “म आफै पनि किसानको छारो हु, सुरु देखिनै स्थानिय सरकार र प्रशासनलाई किसानको कुरा उठाउदै आएको छु” उनले किसानहरुलाई आफ्नो घर बाट खेत सम्म जाँदा सामाजिक दुरि कायम गरि सजक हुन अनुरोध समेत गरे ।

सोहि मेसमा उपस्थीत मध्यपुर थिमि नगरका नेपाली कांगेसका नगर सभापति सुरेन्द्र श्रेष्ठले पहिलो चरणको राहत वितरणमा साढे ७ हजार भन्दा बढि विपन्न परिवारलाइ वितरण भईसकेको र द्रासो चरण मेसमा पनि युवाको सकृय भुमिका रहेको बताएका छन् ।

यो विपतकालिन समय राजनीतिकरणको स्वार्थ भन्दा माथि उठेर मानवभावका सहकार्य गर्नु आवश्यक रहेको नगरसभापति श्रेष्ठको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्