चीन माथि प्रतिबन्ध लगाउन सकिन्छः ट्रम्प

काठमाडौँ – अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’ उनले भने । उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा रहेका बेला उनले यो कुरा पत्रकारलाई जानकारी दिए ।

उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।

उनी यो विकेन्ड आफ्ना केही सहयोगी र छोरी इभांका ट्रम्पसँग बिताउनेछन् ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्