मेलम्ची नगरपालिका–२ को वडा भवन शिलन्यास

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–२ को वडा कार्यलय भवनको विहिबार शिलन्यास भएको छ । नगर प्रमुख डम्बर अर्याल तथा उप प्रमुख भगवति नेपालले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

साँढे ३ तल्लाको उक्त भवन इ–लाईब्रेरी लगायत अपांगमैत्री हुने मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीत बहादुर कार्कीले जानकारी दिए । हाल जाल्पादेवी मा.वि.मा वडा कार्यलय सन्चालन भैरहेको छ । १ करोड ९० लाखमा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भईसक्ने उनले बताए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सामाजिक दूरी कायम गरी निर्माण कार्य गर्न व्यवसायीलाई अनुरोध गरेको छन् । यस आर्थिक वर्षमा वडा नं. १ र ५ को पनि बोलपत्र निकाली निर्माण व्यवसायी छनोट भैसकेको नगरपालिकाले जानकारी दिएको छ । अर्काे बर्षमा बाँकी वडाको भवन क्रमशः निर्माण गर्ने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्