बेलायती प्रधानमन्त्री जोनसनलाई पुत्र लाभ

काठमाडौँ – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए ।

उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उनलाइ बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् । गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उनी काममा फर्किएका थिए ।

उनले काममा फर्किएपछि दिनुभएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताएका थिए । उनले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिएका थिए । – (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्