अमरगढी नगरपालिकाले अनाथालयलाई राहत वितरण गर्‍याे

डडेल्धुरा – डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले अनाथालायलाई राहत वितरण गरेको छ ।
बुधबार नगरपालिकाले वडा नं. ७ मा रहेको वेथास्दा बालगृहलाई चामल, दाल, तेल, मास्क, ग्लोब्स लगायतका राहत सामाग्री वितरण गरेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा विपिनले उपहार खबरलाई जानकारी दिए ।

बालगृहमा सुदूरपश्चिमका डोटी, डडेल्धुरा, अछाम, बझाङ र कर्णाली प्रदेशको जाजरकोट जिल्लाका १७ जना बालबालिका रहेका छन् । अमरगढी नगरपालिकाका प्रमुख ओझा र वडा नं. ७ का वडा अध्यक्ष खडक बहादुर बोहराले बालगृहका संचालक जितेन्द्र ताम्राकारलाई राहत हस्तान्तरण गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्