धारचुलामा रहेका नेपाली मजदुरलाई आज नेपाल प्रवेश गराईने

दार्चुला – एक महिनादेखि भारत पिथौरागढको जिल्ला अन्तरगत धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरहरुलाई बिहिबार नेपाल प्रवेश गराईने भएको छ । बुधबार अपरान्ह दार्चुला, बैतडी र पिथौरागढका अधिकारीबीच भएको सहमितले सीमामा रोकिएका नेपाली नागरिकहरुले नेपाल प्रवेश पाउने भएका हुन् ।

उनीहरुको विहिबार बिहान ७ बजेदेखि उद्धार शुरु हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन ्। दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्