सिनामंगल युथक्लबले दैनिक ७ सय मजदुरलाई खाना खुवाउदै, मनोहर बस्ति सिकाइ केन्द्रले पनि सहयोग गर्‍याे

काठमाडौँको – काठमाडौँको पेप्सीकोला चोकमा सिनामंगल युथक्लबले दैनिक ७ सय मानिसहरुलाई खाना खुवाउँदै आएको छ ।

कोरोनाको माहामारीका कारण देशभरी लकडाउनले गर्दा दैनिक मजदुरी गरेर जिवीका चलाउँदै आएका मजदुरहरुलाई विगत १६ दिन देखि दैनिक ७ सय जनालाई क्लबले खाना खुवाउँदै आएको हो । कलबले लकडाउन अवधि नसकिएसम्म खाना खुवाउने जनाएको छ ।

सेवा नै धर्म हो भन्दै मनोहर बस्ति सिकाइ केन्द्रले पनि क्लब सँग मिलेर मजदुरहरुलाई खाना खुवाउने कार्यमा सहयोग गरेको केन्द्रकी सचिव अन्जु कार्कीले जानकारी दिइन् । कोरोना कहरको माहामारीमा सामाजिक उत्तरदायित्वको जिम्मेवारी सबैले वहन गर्नुपर्ने केन्द्रको बुझाइ छ । केन्द्रले विगतका दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरु गर्दै आएको केन्द्रका अध्यक्ष रन्दीप बस्नेतले जानकारी दिए । स्थानीय युवाहरु नरेन्द्र पराजुली र रत्न पराजुलीले पनि कोरोनाको माहामरीमा सामाजिक उत्तरदायित्वमा सक्रिय भुमिका निभएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्