शेरबहादुर तामाङको बिशेष पहलमा भोटसिपाबासी घर फर्के

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउंपालिका वडा नं ९ ले उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेको छ । विभिन्न कामको सिलसिलामा उपत्यकामा रहेको करिब १२० जनालाई सोमबार साझ भोटसिपा ल्याई पुर्याइएको वडा अध्यक्ष बाबुराम लामाले जानकारी दिए । वडाबासीहरुलाई उनीहरु बसेकै स्थानमा पुगेर सामन्य स्वास्थ परिक्षण समेत गरि मास्क र स्यानिटाईजर प्रयोग गर्न लगाई सुरक्षित साथ लगिएको स्थानीय समाजसेवी लायुर लामाले जानकारी दिए ।

पुर्बमन्त्री एबम सो क्षेत्रका प्रतिनिधि सभाका सांसद शेर बहादुर तामाङको बिशेष पहलमा समस्यामा रहेका भोटसिपाबासीहरुलाई आफ्नो गाउँ फर्काइएको हो । आफ्नो गाउँ जाने भोटसिपाबासिहरुलाई माननीय शेर बहादुर तामाङका स्वकिय सचिब निर्मल बन्जाराले समन्वय गरी गाउँ पठाउन सहयोग गरेको वडा अध्यक्ष लामाले जानकारी दिए । काठमाडौबाट गाउँ फर्कने समयमा भेला भएका भोटसिपाबासीहरुलाई निर्मल बन्जाराले बृफिङ गर्दै सामाजिक दुरी कायम गर्दै कृषि क्रान्तीमा लाग्न बिशेष अपिल समेत गर्नु गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्