बलेफी गाउँपालिकाले दियो एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग

सुशील सुवेदी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग गरेको छ।

गाउँपालिकाभित्र दैनिक ज्यालादारी गर्ने मजदुरलाई वडा कार्यालयमार्फत राहत सहयोग गरेको गरिएको हाे। उनीहरुलाई दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए। ‘टोलमै पुगेर स्वास्थ्य सचेतनाको कार्यक्रम चलाएका छौ,’ क्षेत्रीले भने, ‘कोही नागरिक भोकै पर्न नपरोस् भनी खाद्यान्न सहयोग निरन्तर गरिरहेका छौं।’ घरघरमा स्वाथ्य सामग्रीसमेत पुर्‍याइएको उनले बताए। गाउँपालिकाले वडाध्यक्षमार्फत सबै घरका सदस्यहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको जानकारी दिएको छ ।

५३ जनाको चेकजाँच

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ५३ जनाको कोरोना जाँच गरेको जनाएको छ। जाँच गरिएका ती सबैको नतिजा नेगेटिभ आएको जलवीरे स्वास्थ्य केन्द्रकी ल्याब टेक्निसियन सोभा पराजुलीले जानकारी दिइन्। पराजुलीका अनुसार ५० जनाको आरडिटी र ३ जानको स्वाब परीक्षण गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्