राष्ट्रपति भण्डारी र चिनीयाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता

Chinese President Xi Jinping is welcomed by Nepalese President Bidhya Devi Bhandari upon arrival at Tribhuvan International Airport in Kathmandu, Nepal, Saturday, Oct. 12, 2019. Xi on Saturday became the first Chinese president in more than two decades to visit Nepal, where he's expected to sign agreements on some infrastructure projects.(Prakash Mathema/Pool Photo via AP)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ ।

टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको बताइन् । त्यस क्रममा चीनका राष्ट्रपति सीले पनि उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमणबाट महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।

दुई राष्ट्रपतिले कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यससँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा पनि छलफल गरेका थिए । त्यससँगै दुई राष्ट्रप्रमुखले आआफ्ना सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासबारे पनि चर्चा गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरिन् ।

जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।

दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुईदेशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्