देशको दक्षिणी राज्यमा स्वशासन गरेको यमनको पृथकतावादी समूहको घोषणा

काठमाडाैँ – सरकारसँग भएको शान्ति सम्झौता भङ्ग गर्दै यमनको पृथकतावादी समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।

दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)ले यमन सरकार शान्ति सम्झौताको मर्म विपरीत अघि बढेको तथा दक्षिणी क्षेत्रका जनताको भावनामाथि षडयन्त्र गरेको जनाउँदै स्वशासन शुरु भएको घोषणा गरेको हो । स्वशासन संगै विद्रोही समूहले आफ्नो पकडको क्षेत्रमा संकटकालको घोषणा पनि गरेको छ ।

गत वर्ष अगस्टमा यमनको दोस्रो ठूलो शहर एडनलाई कब्जामा लिएका युनाइटेड अरब इमिरेट्स युएइ समर्थित दक्षिणी पृथकतावादीहरुले नोभेम्बरमा सरकारसंग शक्ति बाँडफाँड गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई दक्षिणी क्षेत्रमा विकसितको नयाँ राजनितीक मोडले अझ जटिल बनाएको छ ।

यमन सरकारले एसटिसीको उक्त कदमको निन्दा गर्दै दक्षिणी क्षेत्रमा उत्पन्न हुन सक्ने मानवीय सङ्कटको जिम्मेवार उनीहरु आफैं हुनुपर्ने चेतावनी दिएको छ । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्