रुकुममा १० दिनमै निर्माण भयो ८ कोठे अस्पाताल

काठमाडौं – रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठाको अस्पताल निर्माण भएको छ । उक्त अस्पताल निर्माण गर्न जम्मा १० दिन लागेको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउँदै छ ।
अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता नेकपा नेता जनार्दन शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । शर्मा रुकुमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले भनेका छन्– ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्