हराएको कागजातबाट वडा अध्यक्षको नाममा उजुरी, आफुमाथी निरन्तर प्रहार भइरहेको अध्यक्षको दाबी

कञ्चनपुर –  तपाई हामिले कहिले कागजातको दुरुपयोग गरि व्यक्ति, समुदायमाथि सडयन्त्र भएको फिल्ममा त थुप्रै देखिरहेका हुन्छौँ । कतै नक्कली व्यक्ति त कतै नक्कली कागजातको नै दुरुपयोग गरि कुनै व्यक्तिमाथि प्रहार हुनु वास्तविक भन्दापनि कथामा बढी देख्न र सुन्न पाइन्छ । हो यस्तै सडयन्त्रको सिकार बन्न पुगेका छन् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिँह महरा । उनको नाममा एउटा उजुरी दर्ता भएको पाइयो । जुन हेर्दा कुनै फिल्म हेरिरहेको आभाष हुन्छ ।

कथा यहाँबाट अगाडी बढ्छ । एकदिनको कुरा हो अध्यक्ष महरामाथि रामसिँह विष्टको नामबाट परिचय खुलाएर अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय महेन्द्रनगरमा उजुरी दर्ता हुन्छ । उजुरीको शिर्षक थियो बैजनाथ सामुदायिक बनका अध्यक्ष तथा वडा नम्बर ८ का अध्यक्ष बहादुर सिँह महराले सरकारी बनको जग्गामा बस्ती बसाली उनीहरुबाट कर असुली गरि व्यक्तिगत परियोजनमा खर्च गरेको उल्लेख गरिएको थियो । उजुरीकर्ता रामसिँह विष्ट भने कागजात हराएर खोजीका लागि हैरानीमा थिए । उनी विष्टकै नामबाट झुटा उजुरी अध्यक्ष महराको नामबाट आएका सुन्दा उनी झसङ्ग भए । अनि कुरा चल्यो त्यो कसले उजुरी हाल्यो त? स्वभागिक रुपमा  दुरुपयोग गरी उजुरीकर्ता त कागजी रुपमा रामसिँह विष्ट नै थिए तर नत उनी स्वयम उपस्थित थिए नत उनी उजुरीकर्ता नै थिए ।

यसरी आफ्नो कागजात दुरुपयोग गरि उजुरी परेपछि उनले उक्त कागजात खोजीका लागि सहयोग गर्न र अध्यक्षलाई हैरानी दिने उद्देश्यले आफ्नो नाममाबाट उजुरी परेको भन्दै आवश्यक कारवाही तथा छानबीन गरि पाउँभनि औठाछाप सहित नेपाली कागजमा निवेदन दर्ता गराए । झुटा उजुरीले गर्दा आफ्नो मानमर्धन समेत भएकोले सक्कल कागजातको दस्तावेजको दुरुपयोग भएको भनि उनले निवेदन दिएपछि यतिबेला माहोल नै तरङ्गित भएको छ ।

यसविषयमा वडा अध्यक्ष महरालाई बुझ्दा उनी आफुमाथि निरन्तर झुटा उजुरी आइरहेको र आफुलाई हैरानी मात्रै भएको बताए । उनी भन्छन यो सडयन्त्रमा ठुलै गिरोह लागेको छ तर म आफ्नो काममा कुनै किसिमले विचलित हुदैँन र जनताको शिर झुक्न नदिने बताए । कहिले सामुदायिक वनको बारेमा त कतै वडाको कामकारवाहिको बारेमा आफुलाई फसाउनका लागि ठुलो समुह लागेपनि यसमा आफु विचलित नहुने र यस्ता धम्कीपूर्ण उजुरीले आफुलाई कुनै असर नपर्ने बताए । उनी भन्छन “उजुरी आएपछि समय खेर मात्रै फाल्नुपर्छ त्यो मात्रै तनाव छ नत्र प्रशासनिक रुपमा कुनै समस्या छैन ।”

केहि समय अगाडी शुनपा ८ नौखरीका रामसिाह विष्टको चलनभोगमा रहेको भनि २०६६ सालदेखि प्रमाणित गरेको कागजातहरु तथा विटौरी कर तिरेको रसिद, केहि नगद, अस्पतालका कागजात हराएका थिए । सोहि कागजातको दुरुपयोग गरि उनको नामबाट अपरिचित व्यक्तिले उजुरी दर्ता गराएका थिए ।

कागजात हराएका राम सिह बिष्टले कागजात कृते गर्नेको खाेजबिन गरि कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरि सहयोग गरिदिन र कागजात तथा नगद रकम फिर्ताको समेत सहयोग माग गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्