सिन्धुलीको ताज रिभरसाइड रिसोर्ट पर्यटकको रोजाईमा

काठमाडौं – होटल तथा रिसोर्टको हबको रुपमा विकास हुँदै गएको सिन्धुलीको सुनकोशी गाउँपालिकाको अवस्थित मूलकोटमा रहेको ताज रिभरसाइड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ ।
काठमाडौं र महोत्तरीको बर्दिवासको मध्य भाग मूलकोटमा यस रिसोर्ट अवस्थित रहेकाले आन्तरिक पर्यटकहरुका लागि समेत आकर्षक गन्तव्य बन्न पुगेको हो ।

काठमाडौंबाट खोटाङको हलेसी मन्दिर तथा पूर्वतर्फ जाने यात्रुहरुका लागि उपयुक्त विश्रामस्थल बन्न पुगेको छ यस ताज रिभरसाइड रिसोर्ट । यस ताज रिसोर्टले सुनकोशी नदीमा जलयात्रा, बीच भलिबल कोर्ट, पिकनिक स्पट, पौडी पोखरी, क्याम्प फायर, डिजे रुम जस्ता सेवा सुविधा समेत प्रदान गर्दै आएको छ । रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी गर्नको लागि सुविधासहित हलहरु, हेलिप्याडको समेत व्यवस्था छ । यस रिसोर्टमा सुविधासम्पन्न कोठाहरु रहेका छन् । सम्पूर्ण कोठाहरुमा टेलिभिजन, तातो चिसो पानी, वाईफाई जस्ता सेवाहरु छन् ।

यस रिसोर्टमा स्वीट, डिलक्स, स्टयार्डड र कटेज गरि ३० वटा कोठाहरु रहेका छन् । रिसोर्टभित्रै रेष्टुरेन्ट एण्ड बार, भान्साघरको सेवा समेत रहेको छ ।यस रिसोर्टको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यस रिसोर्ट निकै लोकप्रिय बन्न पुगेको छ । व्यवस्थित बगैंचाले यस ताज रिभर साइड रिसोर्टको सुन्दरतालाई झनै बढाएको छ । यस रिसोर्टको स्वच्छ, स्वस्थ वातावरण र रेष्टुरेन्टमा पाक्ने खानाको स्वाद तथा आरामदायी बसाईका लागि यो रिसोर्ट निकै लोकप्रिय बन्न पुगेको छ ।सुनकोशी नदीमा जलयात्रा (र्याफटिङ) गर्न चाहनेहरुको लागि पनि यस रिसोर्टले सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्