पूर्वीचौकी गाउँपालिकाले काठमाडौँबाट ५० जना विद्यार्थीको उद्धार गर्दै, अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्त

डोटी – पूर्वीचौकी गाउँपालिकाले काठमाडौँमा अलपत्र परेका विद्यार्थीहरुलाई फिर्ता लैजान गाडीको व्यवस्थ गरेको छ ।

बा ५ ख २८६१ नम्बरको गाडीले आइतबार बिहान ७ बजे कोटेश्वर, नयाँ बसपार्क, र कलंकीबाट ५० जना विद्यार्थीहरुलाई लिएर गाडी गाउँपालिका फर्किने गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले उपहार खबरलाई जानकारी दिए । गाउँपालिका फर्किनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने शर्तमा विद्यार्थीहरुको उद्धार गरिनलागेको पनि अध्यक्ष बोगटीले स्पष्ट पारे ।

गाउँपालिका भरी अहिलेसम्म २ सय ७० घर घर परिवारलाई राहत वितरण गरिएको पनि उनले उपहार खबरलाई जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाले ५५ लाखको कोष बनाएको छ । स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको पनि अध्यक्ष बोगटीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्