पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरु मध्ये अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ । अन्यलाई जहाँ छ, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका स्थायी ठेगाना भई काठमाडौ उपत्यका भित्र बसोबास गरिरहेका नागरिकहरुलाई लकडाउन बाट सृजित असहज र विषम परिस्थितिबाट पर्न गएको अप्ठ्यारो बाट राहत र उद्वार गर्नको लागि ८ वटै वडाका अध्यक्षहरु काठमाडौं उपत्यका गइ १५ र १६ गते तथ्यांक संकलन गर्ने र तथ्यांक बाट प्रप्त विवरणको आधारमा त्यँहा बसोबास गर्न कठिनाइ व्यहोरेका तथा जिवनयापन गर्न सकस भएका दुखी गरिब असाहय र स्याहार सुसार गर्ने कोहि नभएका व्यक्ति भएमा गाउँ ल्याउन पहल गर्ने निर्णय पनि गरेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

बैठकबाट गाउँमा आउन नचाहने र गाउँमा ल्याउन आवश्यक नभएका तर काठमाडौंमा नै राहत दिनुपर्ने अवस्थाका व्यक्ति परिवार भएमा त्यस्ता व्यक्ति परिवारलाई राहत र उद्वार गर्न आकस्मिक वैठक (भिडियो कल या अन्य माध्यम बाट) बसी आवश्यक निर्णय गरिनुका साथै काठमाडौं उपत्यका भन्दा बाहिर रहेका मजदुर श्रमिकहरुको लागि राहत प्रदान गर्ने सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने निर्णय समेत भएको लामाले जानकारी दिए ।

साथै सामाजिक दुरी कायम गर्दै बैशाख १६ गते देखि विद्यलाय प्रशासन सञ्चालन गर्न र एसएमएस र फोन सम्पर्क मार्फत विद्यार्थी भर्ना सञ्चालन गर्न शिक्षा शाखाले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्