लेकम गाउँपालिका-५ बमनेतमा निर्माण सम्पन्न भएको झोलुंगे पुलको उद्घाटन

काठमाडौँ – लेकम गाउँपालिका-५ बमनेतमा निर्माण सम्पन्न भएको झोलुंगे पुलको उद्घाटन भएको छ। पुल निर्माण समिति अध्यक्ष राजेन्द्र बोहराको अध्यक्षता तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता र उपाध्यक्ष माधवी जोशीको विशिष्ट आतिथ्यता र स्थानीय लगायत सरोकारवालाहरूको उपस्थितिमा आइतबार पुलको उद्घाटन गरिएकाे हाे ।

पुल निर्माणपछि यस क्षेत्रका १२० घरधुरीका करिब ७ सय जनसंख्या लाभान्वित भएको पुल निर्माण समितिका अध्यक्ष राजेन्द्र बोहराले जानकारी दिए । रिठेगाडमा निर्माण भएको यस पुलको सामाजिक तथा प्राविधक सहयोगी संस्थाका रुपमा समाज कल्याण समाज दार्चुला रहेको छ । कुल ६६ लाख बजेटमा निर्माण भएको यस पुल निर्माणको लागि लेकम गाउँपालिका लगायत विभिन्न संघसंस्ठाहरुले सहयोग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्