जापानमा बसेर नेपालमा सहयोग गर्ने मनकारी युवाः ५८ परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ –  रोजगारीका लागि जापानमा रहेका एक जना युवाले  काठमाडौँका ५८ परिवारलाई खाद्यान्न राहत सामग्री सहयोग गरेका छन् ।

गोरखाको गण्डकी गाउँपालिका मकैसिंहपोखरी स्थायी घर भई हाल जापानमा बस्दै आएका रविनकुमार श्रेष्ठले लकडाउनका कारण बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेका काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ४ का केहि परिवारलाई आफु जापानमा बसेरै भए पनि राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।

यति बेला कोरोना भाइरस (कोभिड १९)को कारण विश्वभर नै महामारीका कारण दैनिक ज्याला मजदुरी  गरेर गुजारा चलाउने तथा विपन्न वर्गका नागरिक मारमा परेका छन् । ‘लकडाउनको कारण मारमा परेका नगरिकहरुलाई थोरै भएपनि राहत मिलोस् भनेर खाद्यान्न सामाग्री वितरण गरेको हुँ ‘,श्रेष्ठले भने ।

श्रेष्ठले उपलब्ध गराएको खाद्यान्न सहयोग गोलढुंगाका मजदुर, विपन्न तथा सुत्केरी सहितका ५८ परिवारलाइ चामल, दाल तेल, नुन, चिउरालगायतका सामाग्री वितरण गरिएको वितरणमा संलग्न पर्यटन व्यवसायी नामिनाथ देवकोटाले जानकारी दिए ।

श्रेष्ठ विगत लामो समयदेखि जापानमा बस्दै आएका छन् । उनले विभिन्न समयमा अप्ठेरो परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्