बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेशका बारेमा विशेष छलफल

काठमाडौँ – मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।

आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ । अध्यादेश फिर्ता गर्ने निर्णय भएमा सरकारले राष्ट्रपति समक्ष अध्यादेश फिर्ताका लागि सिफारिस गर्नेछ । सरकारको सिफारिसमा त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्ता हुनेछ ।

मन्त्रिपरिषदको बैठक सोमबार नियमित रुपमा बस्ने गर्छ । यो आकस्मिक बैठक भएकाले अध्यादेशका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्