मोरङका टोल–टोलमा बाटो अबरुद्ध, स्थानीयलाई सास्ती

मोरङ – कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन आव्हान गरिरहेको बेला स्थानीयहरुले भित्री सडकहरुमा बाटो रोक्ने गरेको पाइएको छ ।

सरकारले लकडाउन आव्हान गरिसकेको अवस्थामा सडक अवरुद्ध गर्न नपाइने भने पनि प्रदेश नं. १ को राजधानी विराटनगरमा नै यसरी करिब एक दर्जन भन्दा बढी बाटोमा बाँसको ढाट लगाइएको छ ।

स्थानीयहरुले बाँसको बार लगाएर भित्री सडकमा बाटो अवरुद्ध गर्दा पैदल यात्रु र सवारी साधन संचालनमा कठिनाई हुने गरेको छ । तरकारी, खाद्य सामग्री ल्याउने लैजानेलाई मात्र होइन विरामीहरु समेत आवतजावत गर्नुपर्ने अवस्थामा बाटोमा अवरोध हुदा समस्या हुने गरेको छ ।

गृह मंत्रालयले सूचना निकालेर तत्काल यस्ता अवरोध हटाउन निर्देशन दिएको भएपनि मोरङको प्रहरी प्रशासनले अझै बाटोको अवरोध नहटाएको यात्रु र व्यापारीहरुले गुनासो गरेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेलाई टोलमा प्रवेश गर्न नदिन आफुहरुले बाटो प्रवेशमा रोक लगाएको स्थानीयहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्