शिक्षामा अब्बल बन्दै हेलम्बु : कक्षा ८ काे नतिजा १२ वटा पालिका मध्येकै उत्कृष्ट ल्याउन सफल

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ । कक्षा ८ काे परिक्षामा हेलम्बुले ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण भएकाे गाउँपालिका शिक्षा शाखाले जनाएकाे छ । उक्त नतिजा ल्याउने हेलम्बु सम्भवत सिन्धुपाल्चोकका १२ वटा पालिका मध्येकै राम्राे नतिजा ल्याउने पालिकामा  पर्न सफल भएको छ ।
२ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

शिक्षा शाखाले दिएकाे अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना मात्र विद्यार्थी रहेका छन् ।

गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिन सुरु भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रतिक्रिया दिएका छन् । गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षाको नतिजाभन्दा यस वर्ष उल्लेख्य सुधार भएको शेर्पाको दाबी छ । । अध्यक्ष शेर्पाले आफुले शिक्षामा विशेष चासो दिएको भन्दै शिक्षामा गरेको लगानी अनुसार अहिलेको नतिजाले आफु सन्तुष्ट रेहेको समेत बताएका छन् ।

उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक, विद्यार्थी, पालिकाको शिक्षा शाखाका कर्मचारी, अभिभावक लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि सबैलाई निर्देशन समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्