वेदकोट- ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

 महेन्द्रनगर 

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष एवम् नगर प्रवक्ता चित्रदेव भट्टको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख बोहराले उक्त क्षेत्र दुर्गम रहेको बताउँदै घरमा सुत्केरी हुँदा जोखिम हुने भएकोले अकाल मृत्यु बाट बच्न प्रसूति गृहको आवश्यकता रहेको हुँदा उक्त क्षेत्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो। साथै उनले नगरपालिकामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटिबद्ध भएर लाग्ने र स्वास्थयमुखि कार्यक्रम, स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्।

वडा नम्बर (०५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता भट्टले स्वास्थ्यमा यहाँका जनताले धेरै सास्ती भोग्नुपरेको हुँदा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य रहेको र त्यसका साथसाथै शिक्षा, स्वास्थ्य लगायतका सेवाको बिस्तारका लागि आफू कटिबद्ध भै लाग्ने बताउनुभएको छ। कार्यक्रममा वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्य रहेको थियो। वर्थिङ सेन्टर वेदकोट नगरपालिकाको दोस्रो बर्थिङ सेन्टर हो यसअघि वेनपा(०३ मा रहेको दैजी स्वास्थय सेवा केन्द्रमा नगरपालिकाकै पहिलो बर्थिङ् सेन्टर सञ्चालनमा ल्याइएको थियो। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायहरूको भव्य सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्