एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी

काठमाडौँ – नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।

निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् । त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले ११५ मत पाए । त्यस्तै सचिवमा राम राउतले १७९ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिष्पर्धी रत्न महर्जनले ११२ मत पाए ।

उपसचिवमा प्रभाकर थापा १५४ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी श्याम बजगाईले ९९ मत पाएका थिए । त्यसैगरी महिला उपसचिवमा आशा राई विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्