खागले टोकेर गोरखामा ६ जना घाइते, चारको अवस्था गम्भीर

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अरिङ्गालजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् ।

बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाँई र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाँईले जानकारी दिए ।

बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाँई र उनकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताइन् ।

इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उनका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाँईले जानकारी दिए ।

गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्