कुहिएको दाल बेच्ने मेयर धरौटीमा रिहा

काठमाडौँ – राहतमा बाँड्न सडेको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।

मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बताए ।

मेयर यादव मंगलबार, उनका भाइ रवीन्द्र यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव, २७ नम्बर वडाध्यक्ष रेयाजुल हक बुधबार र अन्य अभियुक्त केही दिनअघि पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्