कोरोना संक्रमित थपिए वा कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्रीः विश्वप्रकाश शर्मा

काठमाडाैँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित थपिए वा कोरोनाबाट कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्री हुने चेतावनी दिएका छन् ।

बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता शर्माले भावनात्मक अभिभावकत्वको हैसियत गुमाएको बताएका छन् । उनले लेखेका छन् “देशको मुल नेतृत्वले संकटका बेला सबैलाई गांस्ने दायित्व भुलेर विभाजनको बिउ जब रोप्छ,तब उसले भावनात्मक अभिभावकत्वको हैसियत गुमाउंछ ! संक्रमित थपिए या कोहि एकमात्रैको मृत्युु भए, दोष अब कोरोनाको कम प्रधानमन्त्रीको भागमा बढी लाग्नेछ,बुझिने भाषामा विनम्र चेतावनी ! जय नेपाल !!”

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्