पनौती नगरपालिकाको वडा नं. ८ बालश्रममुक्त वडा घोषणा

काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ८ बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
बुधबार वडा नं. ८को भालेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको तेस्रो बालश्रममुक्त वडाको रुपमा घोषणा गरिएको हो ।

बालश्रममुक्त वडा घोषणाको करदपत्र नगर प्रमुख भण्डारीले वडा नम्बर ८ का वडा अध्यक्ष बेद प्रसाद बञ्जारा सहित जनप्रतिनिधि र कर्मचारीलाई हस्तान्तरण गरेका थिए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी भएको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ एवं पनौती नगरपालिकाबाट जारी भएको बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० बमोजिम प्रकृयाहरु पुरा भएकाले वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको नगरप्रमुख राम शरण भण्डारीले जानकारी दिए ।

यस्तै उप–प्रमुख गिता बञ्जाराले बलबालिकालाई श्रमबाट मुक्त गराउने अभियानले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले दिगोपनाका लागि आफुहरु सधैँ प्रतिवद्ध रहेको बताइन् ।

यस्तै सबै वडावासीलाई बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गराइएको छ । बालश्रममुक्त वडा घोषणा कार्यक्रममा बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो भने बालश्रममुक्त वडा घोषणामा सहयोग पुर्याउनेहरुलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो । यस्तै विद्यार्थीहरुले जनचेतनामुलक नाटक, कविता वाचनका साथै नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराको सभापतित्व रहेको थियो भने पनौती नगरपालिकाका नगर प्रमुख भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उप–प्रमुख बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, तेजगंगा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा.अम्बु भवानी कार्की, विभिन्न वडाका वडा अध्यक्ष, शाखा प्रमुख, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्