टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

वासिंगटन डिसी, १४ माघ । संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।

 

टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान बेच्ने निर्णय लिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोको सहयोगी टर्कीलाई युद्ध विमान बेच्नको लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताको बारेमा  कांग्रेसलाई सूचित गरिएको छ ।, साथै पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ।

टर्कीलाई बिक्रीमा ४० वटा लकहिड मार्टिन एफ १६ र यसको अवस्थित एफ १६ फ्लीटमध्ये ७९ वटालाई आधुनिकीकरण गर्ने उपकरणहरू समावेश रहेका छन ।  ग्रीसले ४० एफ ३५ लाइटनिंग संयुक्त स्ट्राइक फाइटर र सम्बन्धित उपकरणहरू पाउने छ।

 

टर्कीले लामो समयदेखि आफ्नो एफ १६ फ्लीट अपग्रेड गर्न खोजेको थियो भने अक्टोबर २०२२ मा जेटहरूका लागि अमेरिकासँग अनुरोध गरेको थियो । तर, स्वीडेनको नाटो सदस्यतालाई अनुमोदन गर्न ढिलाइ गरे पछि अमेरिकन कांग्रेसको स्वीकृति लिन समय लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्