हुथी बिद्रोहीले लालसागरमा पहिलोपटक रूसी कार्गोलाइ बनाए निशाना

यमन, १४ माघ ।  लाल सागरमा जारी युद्धको बीचमा हुथी विद्रोहीहरूले शनिबार एक रूसी जहाजलाई निशाना बनाएका छन् ।

हुथी बिद्रोहीले मर्लिन लुआन्डालाई मिसाइलले आक्रमण गरेका छन । जसका कारण जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको छ ।

 

सोही हमला हुदाँ भारततर्फ तेल बोकेको रुसी ट्याङ्कर भने बालाबाल जोगिएको छ ।

 

द टेलिग्राफका अनुसार सो आक्रमण अघि हुथी विद्रोहीले रुसी जहाज र कार्गो जहाजमा आक्रमण गरेका थिएनन, जसका कारण रूसी जहाजहरू जोगिँदै आएका थिए ।

 

सो हमला पछि भारतीय बन्दरगाहहरूका लागि तेल बोक्ने रूसी जहाजहरूले स्वेज नहर र लाल सागर बीचको छोटो समुद्री मार्ग रोजेका छन ।

 

आक्रमणका क्रममा भारततर्फ आउँदै गरेको एकिलिस जहाज त्यहाँबाट एक माइलभन्दा कम दूरीमा क्षेप्यास्त्र खसे पछि जोगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । आक्रमणपछि पनि जहाजले सुरक्षित रहेको संकेत पठाउँदै आएको छ  ।

 

करिब ५० देखि ५५ जहाजले युरोपबाट भारतका लागि कच्चा तेल ल्याउँछन् भने बाँकी ८ देखि १० वटा ट्याङ्कर हरेक महिना जामनगर बन्दरगाहमा इन्धन तेल बोकेर आउँछन् । रुसी कोइलाको ८० प्रतिशत स्वेज नहर हुँदै भारत आउँछ।

 

यसबाहेक सूर्यमुखी तेलका करिब पाँचदेखि छ वटा ट्याङ्कर पनि यही नहर हुँदै भारत पुग्ने गरिरहेको सन्दर्भमा हुथी हमला पछि भारतको अर्थतन्त्रमा तिब्र समस्या हुन सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्