रोन डेसेन्टिसले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ जनाए समर्थन

वासिंगटन डिसी, ८ माघ । राष्ट्रपतिका दावेदार फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले चुनावी मैदान परित्याग गरेका छन ।

न्यु ह्याम्पशायर प्राइमरी भन्दा ठीक अघि आफ्नो रिपब्लिकन अमेरिकी राष्ट्रपतिको चुनावी मैदान छाडेर डोनाल्ड ट्रम्पलाइ समर्थन गरेका छन ।

पूर्व राष्ट्रपति ट्रम्पलाइ गम्भीर चुनौती दिइरहेका डेसेन्टिसले चुनावी मैदान छाडे पछि ट्रम्पलाइ थप सहज भएको छ । यसअघि राधास्वामीले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ समर्थन गरेका थिए ।

‘यसमा म स्पष्ट भएको छु कि रिपब्लिकन प्राथमिक मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहन्छ,’ उनले आइतवार टविटरमार्फत भनेका छन ।

 

न्यू ह्याम्पशायरको प्राथमिक छनौट प्रक्रिया भोली अर्थात मंगलबार हुदैँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्