वेरडेरसँग बायर्न म्युनिख स्तब्ध

काठमाडौँ, ८ माघ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ ।

 

गएराती सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

वेरडेरको गोलमा खेलको ५९औं मिनेटमा मिचेल वाइजरले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

 

यो हारले बायर्न म्युनिख लिगमा शिर्ष स्थानमा रहेको लिभर कुसेनभन्दा ७ अंकले पछाडी परेको छ । एक खेल बढी खेलेको लिभरकुसेन १८ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा छ भने बायर्न १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

त्यसैगरी वेरडेरको भने १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्