रूस नियन्त्रित सहरमा युक्रेनी हमलामा परी २७ को मृत्यु, २५ घाइते

किभ, ८ माघ । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै छाँटकाट देखिएको छैन ।

 

सोही क्रममा रुसको कब्जामा रहेको युक्रेनी बजारमा भएको गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सो घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार सो हमला  डोनेट्स्क सहरको उपनगर तेकस्तिलशचिकमा बिहानै सो आक्रमण भएको हो। स्थानीय प्रशासनका अनुसार उक्त हमला युक्रेनी सेनाले गरेका हुन ।

 

डोनेस्कमा रुसले नियुक्त गरेको उच्च अधिकारी डेनिस पुशिलिनले आक्रमणमा २५ जना घाइते भएको जानकारी दिए ।

 

यद्यपी युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसबाहेक, यी दावीहरूलाई एसोसिएटेड प्रेसद्वारा स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएन। घटनापछि घटनास्थलमा उद्धार कार्य जारी छ ।

 

रुसी नियुक्त अधिकारीले पनि आपतकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा उद्धार कार्य जारी रहेको जनाएका छन ।

 

उता, आइतबार रुसको उस्ट लुगा बन्दरगाहमा आगलागी भएको जानकारी दिएका छन् । रासायनिक ढुवानी टर्मिनलमा दुई विष्फोट भएपछि घटना भएको हो।

 

स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको जनाएको छ । ड्रोनको आक्रमणका कारण ग्यासले भरिएको ट्याङ्कीमा आगो निस्केर फैलिएको थियो ।

 

रुसको किंगसेप क्षेत्रको बन्दरगाह प्रमुख युरी जाप्लातस्कीले एक विज्ञप्तिमा उक्त घटनामा कुनै हताहत नभएको बताए । यो भयानक घटनापछि जिल्लालाई उच्च सतर्कतामा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्