हुस्सु र तुषारापातले रौतहट सहित मधेशको जनजिवन नराम्रो संग प्रभावित

File Photo

अशोक कुमार

रौतहट, ८ माघ । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।

 

विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको हो। पानी परेजस्तै परेको तुषारोका कारण ग्रामीण जनजीवन नराम्रोसँग प्रभावित भएको छ।

 

अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन। चिसोका कारण बजारमा चहलपहल समेत घटेको व्यापारीहरूले बताएका छन्। एक सातादेखि परेको तुषारोका कारण सर्वसाधारणहरूको चहलपहल बजारमा घट्दै जान थालेको व्यापारीहरूको भनाइ रहेको छ।

 

जाडोका कारण रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाको भनाइ रहेको छ।

 

एक हप्तादेखिको तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ रहेको छ। जाडो बढेसँगै जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत सरकारी अस्पतालमा बढ्दै जान थालेको छ। जाडो बढेपछि वृद्धबिरुद्धमा निमोनिया जस्ता रोगहरू देखा पर्न थालेको चन्द्रनिगापुरस्थित सरकारी अस्पतालका डाक्टर रामजी रामको भनाइ रहेको छ ।

 

जाडो बढेसँगै जाडोबाट लाग्ने विभिन्न रोगका रोगीहरूको अस्पतालमा भिड लाग्न थालेको डाक्टर रामले जानकारी दिएका छन्।

 

विगत एक सातादेखिको तुषारोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको दैनिकी समेत प्रभावित हुँदै जान थालेको छ । जाडोले काम गर्ने अवस्था नभएका कारण आफूहरू घरमै बस्न बाध्य भएकाले बिहान बेलुकाको छाक टार्न समस्या भएको कटहरियाका हरिकृष्ण रामले गुनासो गरे ।

 

विगत तीन सातादेखिको हुसु शीतलहरी र तुसारोका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यको भनाइ रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्