भगवती हाइड्रोपावरको आज वार्षिक साधारण सभा

काठमाडौ, २४ पुस। भगवती हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । भगवती हाइड्रोपावरले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।

सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गरिसकेको छ ।

भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्