मेलम्ची नगरपालिकाले गरेको र्‍यापिड टेस्टमा सबै रिर्पोट नेगेटिभ

सुशील सुवेदी 

सिन्धुपाल्चोक – मेलम्ची नगरगपालिकाले आज गरेका द्रुत स्वास्थ्य परिक्षण र्‍यापिड टेस्ट मा सबै रिर्पोट नेगेटिभ देखिएको छ । नगरपालिकाको पहलमा हिजो वडा नम्बर १ र ३ गरी ७ जना र आज वडा नम्बर १२, ३ र ५ नम्बर वडामा गरेको ९ जनाको ¥यापिड टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले बताए । उनका अनुसार वैदेशिक रोजगारबाट नेपाल फर्किएका उनीहरु सबै मेलम्चीका स्थायी बासिन्दा हुन् ।

नगरपालिकाले हिजो १, ३ र ७ लाई लक्षित गरिएको ¥यापिड टेष्ट नगरपालिकाको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्वास्थ्यचौकीमा गरिएको थियो । जसमा भारतबाट २, दुबईबाट ३, मलेशीयाबाट १ जना फर्किएका थिए । त्यसैगरी आज सोही नगरपालिकाको वडा नम्बर ३, ५ र १२ लाई लक्षित गरि गरिएको र्‍यापिड टेष्ट बाहुनेपाटी स्वास्थ्यकेन्द्रमा गरिएको थियो । जसमा भारतबाट ४, भुटानबाट २, कतारबाट १ र जनकपुरबाट १ जना फर्किएका थिए ।

नगरपालिको बाँकी सबै वडाहरुमा भोलि हुने ¥यापिड टेष्ट मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा गरिने प्रमुख अर्यालले जानकारी दिए ।
विभिन्न मुलकबाट आएका नागरिकहरुको हालसम्म १६ जनाको स्वास्थ्य परिक्षण गरिएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विनोद केसीले जानकारी दिए । उनका अनुसार भोली २० जनाको परिक्षण गराईने छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको ¥यापिड टेष्ट मार्फत कोरोना संक्रमण भए नभएको जाँच भएपछि वृद्ववृद्वामा समेत परिक्षण सुरुवात गरिने नगरका उपप्रमुख भगवती नेपालले जानकारी दिईन । मेलम्ची नगरपालिका भित्र हाल सम्म कोरोना संक्रमित भेटिएको छैन । सम्भावित संक्रमितको लागि आवश्यक आईसुलेसन वार्ड तथा क्वारेन्टाईन वार्ड निमार्ण गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्