गोप्य तस्विर खिचेर ‘ब्लाकमेलिङ’ गर्ने ‘पुष्पा’ का कलाकारद्दारा अपराध स्विकार

मुम्बइ, ३ पुस । फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनका साथी केशवको भूमिका निर्वाह गरेका अभिनेता जगदीशले अन्ततः आफ्नो अपराध स्वीकार गरेका छन् ।

 

एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा अभिनेतालाई गत डिसेम्बर ६ मा पक्राउ गरिएको थियो । जगदीशले युवतीलाई व्यक्तिगत तस्बिर खिचेर दुव्र्यवहार गरेको आरोप लागेपछि पीडितले आत्महत्या गरेकी थिइन ।

 

टिभी ९ को रिपोर्टका अनुसार सोधपुछ पछि जगदीशले महिला जुनियर आर्टिस्टको खराब नियतले तस्बिर खिचेको र ती तस्बिर लिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरिरहेको स्वीकार गरेका हुन् । जगदीशले ती युवतीलाई अर्का पुरुषसँग प्रेम गरेको र उनीसँग ईर्ष्या गर्ने गरेको बताए । जगदीशले ती महिलालाई पाँच वर्षदेखि चिनेका थिए तर ‘पुष्पा’ पछि उनीहरु अलग भएका थिए ।

 

समाचार गत नोभेम्बर २९ मा एक महिला जुनियर आर्टिस्टले झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि मृतकका बुवाले प्रहरीमा उजुरी दिएका थिए । जगदीशले पीडितको गोप्य तस्बिर अरू कसैसँग खिचेर ब्ल्याकमेल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जगदीशको धम्कीबाट दिक्क भएर ती महिलाले आत्महत्या गरेको जनाइएको थियो, जुन उनले अपराध स्विकार गरेका छन् ।

 

जगदीशको कुरा गर्ने हो भने, उनले सन् २०१८ मा फिल्म  ‘निरुयोगा नटुलु’ बाट अभिनयमा डेब्यु गरेका थिए । त्यसपछि उनी २०१९ को फिल्म  ‘मल्लेशम’ र २०२० मा आएको फिल्म ‘पलासा’ १९७८ मा देखिएका थिए । उनले २०२१ मा ‘पुष्पाः द राइज’ मा केशवको भूमिका निर्वाह गरेका थिए भने अब उनी ‘पुष्पाः द रुल’ मा पनि देखिने भएका थिए, अब उनको रोल के हुन्छ यसै भन्न नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्