मेलम्चीमा ७ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकामा बिदेश बाट फर्किएर होम क्वारेन्टाइनमा बसेका हरुको आज बाट ¥यापिड परिक्षण सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा आज ७ जनाको परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालले जानकारी दिए । परिक्षण गरिएका ७ जनामा नै कोरोना संक्रमण नरहेको प्रारम्भिक परिक्षणबाट पाइएको हो ।
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिकहरुले मेलम्ची ¥यापिड टेस्टीङ किट मार्फत कोरोनाको जाँच गरेको हुन् । गत चैत्र महिना भित्र विदेशबाट आएका ब्यक्तिहरुको परिक्षण गरिएको थियो । त्यस्तै यहि वैशाख ३ गते बाहुनेपार्टि र ४ गते मेलम्ची क्वारेन्टाइनमा ¥यापिड परिक्षण गरिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए । मेलम्ची नगरपालिकामा ४६ जना विदेशबाट आएका ब्यक्तिहरु रहेको नगरपालिकाको तथ्याङ्मा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्