अर्बपति शुलभ अग्रवाललाई थप ५ दिन थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं – कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ । पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्