बेलायती प्रधानमन्त्री जोनसोन कोरोना भाइरस मुक्त

काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड १९) निको भएको छ । उनको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ ।

सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उनलाई चेकर्स लगिएको खबरमा बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो ।

बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्