आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरेको लकडाउन थप्ने तयारी गरेको छ । सरकारले लकडाउन घोषणा गरेको तेस्रो साता बुधबार पूरा हुँदैछ ।

लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरुको संख्यामा बृद्धि हुन थालेपछि लकडाउन थप लम्ब्याउने सरकारको तयारी छ । लकडाउनबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकले थप एकसाता लकडाउनलम्ब्याउने तयारी गरेको स्रोतले बतायो ।

सरकारले एक साता अर्थात वैशाख १० गतेसम्म लकडाउनको समय थप गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक पटक सात सात दिन लकडाउन थप गर्दै आएको छ ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजना निको भएका छन् । यसैबीच काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना आशंका गरिएको छ भने उनीहरुलाई पाटन अस्पतालमा भर्ना गिरएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्