प्रदेश २ का विभिन्न ठाउँमा कडा निगरानी, आवश्यकता अनुसार सिल हुनसक्छ

जनकपुरधाम – प्रदेश २ मा चार जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा निगरानी बढाएको छ । आवश्यक परे स्थान विशेषलाई सिल गर्नेसम्मको तयारी प्रदेश सरकारको छ ।

खासगरी संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ । ‘सुरुमा ती स्थानमा चेक जाँच र निरीक्षण गरिनेछ,’ प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘सिल गर्नुपर्ने अवस्था आए, त्यो पनि गरिनेछ ।’

तीन जना कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

source: onlinekhabar.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्