सामाजिक कथामा आधारित सिरियल “समाज” सार्वजनिकको तयारी

काठमाडाैं  – सामाजिक कथामा आधारित हाँस्य टेलिश्रृङ्ला “समाज” केहि दिनमै सार्वजनिक हुने भएको छ । समाजमा भइरहेका सामाजिक घटना, विसंगती, कु–सँस्कृति, अन्धविश्वास लगायतका कथाहरु समावेश गरि समाज सिरियल ल्याउन लागेको निर्देशक नरेन्द्र प्रसाद (एन पी) जोशीले बताए ।

सौरव दवाडीको पटकथा, संवाद रहेको उक्त सिरियल छिट्टै सार्वजनिक हुनेछ । शुक्र तमाङ निर्माता रहेको उक्त सिरियललाई गोर्खा कुसुण्डे मिडियाले प्रस्तुत गर्न लागेको हो । स्काई लाइटको युट्युब च्यानलमार्फत सिरियलले निरन्तरता पाएपछि सबै भागहरु हेर्न सक्नेछन् ।

अन्य टेलिसिरियलभन्दा फरक कथाहरु समावेश गरि दर्शकहरुलाई नयाँ मनोरञ्जन दिने र दक्ष कलाकारहरुलाई अभिनय गराउने निर्माण समुहको तयारी रहेको छ । समाज सिरियल हेरिपछि दर्शकहरुले पक्कै पनि सकारात्मक प्रतिक्रिया दिने र गुणस्तर अनि कथा लेखनमा आफुहरु मेहनत गर्ने निर्दशक एनपी जोशीले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्