भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना, १८ मंसिर । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ ।

 

यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।

 

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो ।

 

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उनीहरु बाहेक अरु कसैको ज्यान गएको छैन न त कुनै किसिमको भौतिक क्षति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्